Kathmandu Press

प्रहरी चौकीबाट भाग्न खोज्दा सैनिक जवानको मृत्यु

चितवन, मंसिर १ : इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित अस्थायी प्रहरी चौकीको बरन्डाबाट हाम फालेर भाग्न खोज्दा घाइते भएका सैनिक जवानको मृत्यु भएको....

प्रहरी चौकीबाट भाग्न खोज्दा सैनिक जवानको मृत्यु

चितवन, मंसिर १ : इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित अस्थायी प्रहरी चौकीको बरन्डाबाट हाम फालेर भाग्न खोज्दा घाइते भएका सैनिक जवानको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–५ घरका २८ वर्षीय राम कँडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीमा कार्यरत थिए।

प्रहरीका अनुसार, चौकी भवनको बरन्डाबाट भाग्ने क्रममा आज बिहान ७ः३० बजे हाम फाल्दा गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान पक्राउ गरिएको थियो। इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलामाथि दुर्व्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएको जनाएको छ।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले भनाइ छ। (रासस)

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, मंसिर १, २०७६