Kathmandu Press

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्न शेखर कोइरालाको माग 

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्न शेखर कोइरालाको माग 

काठमाडौं, असार २७ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्न माग गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग बोल्दै नेता कोइरालाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई विधेयकमा रुपमा ल्याउनु गलत रहेको बताउँदै अविलम्ब फिर्ता लिन माग गरेका हुन्। 

‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याउँदा विरोध गरेका थियौं। यो विधेयकका रुपमा आउनुहुँदैन।’ 

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।  

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्