मुलुकको अर्थतन्त्र सुधार्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी : गभर्नर
काठमाडाैं, असार २७ : नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक निति ल्याउने तयारी भइरहेको जानकारी दिएका...
काठमाडाैं, असार २७ : नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक निति ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले यसअघि कोरोना महामारीका बेला बिभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक निति ल्याउने तयारी भइरहको बताएका हुन्।
गभर्नर अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको व्याजदर बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने पनि बताए। उनले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा संचितिमा दवाव परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको जानकारी दिए।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताए। उनले रेमिट्यान्सलाई औपचारिक रुपमा भित्राउनु पनि चुनौती हुँदै गएको जिकिर गरे। कर्जा प्रवाहमा ठुला घरानाले फाइदा लिँदा रिक्स बढे पनि यसलाई तत्कालै रोक्न नसकिने उनको भनाइ छ।
बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी व्यवस्था खारेज गर्नका लागि राष्ट्र बैंकले विचार गर्नुपर्ने बताएका थिए।
साथै उनले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाको मूल्यांकन गर्दै सीमित व्यक्ति तथा घरनाले उपयोग भए/नभएको यकिन गर्न पनि सुझाव दिएका थिए।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

