Kathmandu Press

मेडिसिटीमा कर्णालीका अर्थमन्त्री विष्टको उपचार हुँदै, अवस्था सामान्य

काठमाडौं, असार २७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। मन्त्री विष्टलाई  काठमाडौँस्थित मेडिसिटी...
मेडिसिटीमा कर्णालीका अर्थमन्त्री विष्टको उपचार हुँदै, अवस्था सामान्य

काठमाडौं, असार २७ : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। 

मन्त्री विष्टलाई  काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। 

यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए। 

मन्त्री विष्टको उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए।  

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्