Kathmandu Press

प्रहरीलाई हतियारभन्दा पनि प्रविधि चाहिएको छ : सांसद सिलवाल

काठमाडाैं, असार २७ :  प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेका बेला प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको...
प्रहरीलाई हतियारभन्दा पनि प्रविधि चाहिएको छ : सांसद सिलवाल

काठमाडाैं, असार २७ :  प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुक आर्थिक संकटतर्फ उन्मुख भइरहेका बेला प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न आवश्यक नभएकाे बताए।

उनले प्रहरीलाई हतियारभन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए।

हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क गरे।

सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरे पनि विराेध भइरहेकाे छ। 

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्