Kathmandu Press

सांसदले उठाएका जिज्ञासाको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडाैं, असार २७ : सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।शून्य...
सांसदले उठाएका जिज्ञासाको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडाैं, असार २७ : सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरे।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्