Kathmandu Press

निर्वाचनअघि माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल 

काठमाडौं, असार २७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय निर्वाचनअघि माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले कैलालीले...
निर्वाचनअघि माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल 

काठमाडौं, असार २७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय निर्वाचनअघि माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताएका छन्। 

समाजवादी प्रेस संगठन नेपालले कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनसम्म पार्टीको संगठन विस्तार गर्दै थप बलियो बनाउने र निर्वाचनपछि मात्रै एकताका लागि छलफल चलाउने बताएका हुन्। 

नेपालले देश र जनताका हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताए। उनले एकीकृत समाजवादी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने नभएको बताए। उनले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए। 

‘यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ,’ उनले भने, ‘पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ।’  

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्