कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा...
काठमाडौं, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ। कांग्रेसले यसअघि असार २१ गते पदाधिकारी बैठकमा उपरोक्त विषयमा छलफल गरेको थियो।
प्रकाशित मिति: १२:०२ बजे, सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

