Kathmandu Press

खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल 

गृहमन्त्रालयको सचिवालयका अनुसार खुमलटार बैठकमा गृहमन्त्री खाण र प्रचण्डबीच संसदमा दर्ता भएको नागरिकता विधेयकबारे छलफल भएको थियो।
खुमलटारमा प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल 

काठमाडौं, असार २७ : गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर गृहमन्त्री खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। 

गृहमन्त्रालयको सचिवालयका अनुसार खुमलटार बैठकमा गृहमन्त्री खाण र प्रचण्डबीच संसदमा दर्ता भएको नागरिकता विधेयकबारे छलफल भएको थियो । छलफल सकारात्मक रहेको पनि गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  
 
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकबाट बहुमतले उक्त विधेयक फिर्ता भएको थियो । 

विधेयक फिर्ता लिए लगत्तै शुक्रबार नै मन्त्रिपरिषद्‍ बैठकले पुन ः दर्ता गराउने निर्णय गरेको थियो। उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दलका शीर्ष नेताहरुसँग छलफलमा रहेका छन्।

आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए।


 

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्