Kathmandu Press

संवैधानिक परिषद् विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा 

काठमाडौं, असार २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्। ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै  महामन्त्री...
संवैधानिक परिषद् विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा 

काठमाडौं, असार २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्। ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै  महामन्त्री थापाले यस्तो बताएका हुन्। 

उनले विधेयक फिर्ता गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भइसकेको बताए । ‘हिजो केपी शर्मा ओलीले ल्याउँदा पनि त्यो अध्यादेश गलत थियो भनेर भनेका थियौं, अहिले त्यो अघि बढाउन सकिन्न, फिर्ता हुन्छ,’ उनले भने। 

संवैधानिक परिषद सम्बन्धी विधेयकमा तीन जना सदस्यले निर्णय गर्न सक्नेगरी सरकारले विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ।
 

प्रकाशित मिति: ११:०६ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्