प्रतिनिधि सभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, असार २७ : प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्न लागेको छ।आजको बैठकको सम्भावित कार्यसूचीमा नौ वटा विषय रहेका छन्। प्रतिनिधि...
काठमाडौं, असार २७ : प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्न लागेको छ।
आजको बैठकको सम्भावित कार्यसूचीमा नौ वटा विषय रहेका छन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आज गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्।
त्यस्तै, उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

