कम्युनिस्ट नेतालाई भेट्दै सीसीपी विदेश विभाग प्रमुख
काठमाडौं, असार २७ : नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई भेट्न...
काठमाडौं, असार २७ : नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई भेट्न लागेका छन्।
उनले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तय भएको छ। कम्युनिस्ट नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
आइतबार काठमाडौं पुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका थिए। भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।
उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ। उनी बुधबार स्वदेश फर्किनेछन्।
प्रकाशित मिति: ०७:११ बजे, सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

