Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं, असार २७: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालय, सानेपामा बस्दै छ।कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे पार्टी कार्यालयमा...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं, असार २७: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी कार्यालय, सानेपामा बस्दै छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। स्थानीय तह चुनावको समीक्षा गर्न बैठक बस्न लागेको जनाएको छ।

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिका अजेन्डा तय गरिसकेको छ। आज स्थानीय तहको चुनावको समीक्षा सहित समसामयिक राजनीतिबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

त्यस्तै, भातृ संस्था र पार्टी विभागका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। यससँगै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीका विषयमा पनि बैठका छलफल हुने पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति: ०६:४२ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्