Kathmandu Press

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

जनकपुर, असार २७ : मधेश प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको छ।प्रदेशसभाको आइतबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित...
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

जनकपुर, असार २७ : मधेश प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको छ।

प्रदेशसभाको आइतबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो। प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेश गरेको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो। यही असार १ गते मधेश प्रदेशका अर्थमन्त्री साहले आव २०७९र०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।

बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रकाशित मिति: ०६:२० बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्