प्रधानमन्त्रीले डाके नेकपा सचिवालय बैठक
काठमाडौं, मंसिर १ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटा....

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जनाएको छ।
प्रधानमन्त्री ओलीले शनिबार ग्रान्डी ईन्टरनेसनल अस्पतालमा तेस्रो पटक डायलासिस गरेका थिए। उनको यस अघि दुई पटक पनि ग्रान्डीमै डायलासिस भएको थियो।
आज बस्ने सचिवालय बैठकमा एकता प्रक्रियाकै बाँकी विषय टुङ्गो लगाइने जनाएको छ। नेकपाका अझै केही विभाग र आयोगहरुले पूर्णता पाएका छैनन्। तिनै विषयमा छलफल हुने जनाएको छ।
प्रकाशित मिति: १२:०७ बजे, आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











