श्रेष्ठको चेतावनी– नेपाल ढिलो–चाँडो श्रीलङ्काकै स्थितिमा पुग्छ
काठमाडौं, असार २६ : नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्था पुग्ने बताएका छन् । आइतबार फेसबुकमार्फत श्रेष्ठले अहिले...काठमाडौं, असार २६ : नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्था पुग्ने बताएका छन् ।
आइतबार फेसबुकमार्फत श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा पुगिनसकेको भएपनि सचेत रहन आवश्यक रहेको बताएका हुन् ।आज आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिएका हुन् ।
“हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ । यो सही नै हो । तर, तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रूपमा पुर्याउने त्यतै हो,” उनले लेखेका छन्, सचेत होऔँ र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौँ । ”









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

