राप्रपाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार
काठमाडौं, असार २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले महामन्त्री भुवन पाठक प्रमुख रहेको...
काठमाडौं, असार २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई आइतबार पूर्णता दिएका हुन्। अध्यक्ष लिङदेनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिवमा मनोनयन गरेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यहरुमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाहलाई मनोनयन गरिएको छ।
यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य रहने निर्णय गरिएको छ।
प्रकाशित मिति: १९:०० बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

