Kathmandu Press

कांग्रेसमा थपिने भए एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्था 

पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिन प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 
कांग्रेसमा थपिने भए एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्था 

काठमाडौं, असार २६ : सत्तारुढ दल नेपाली कांग्रेसमा करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्था थपिने भएका छन् । 

नेपाली कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने तयारी गरेको हो । 

पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिन प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

पार्टीले मान्यता दिन लागेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानलाई अन्तिम रूप दिने कार्यसम्पादन भइसकेको छ । 

थपिने लागेका भ्रातृ शुभेच्छुक संस्थाहरू :

भ्रातृ संस्थाहरू
नेपाल थारू संघ 
नेपाल आदिवासी जनजाती महासंघ 

शुभेच्छुक संस्थाहरू
नेपाल लोकतान्त्रिक खेलकुद संघ 
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ 
नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ 
नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ 
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ 
नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्