Kathmandu Press

८ जना मृत अवस्थामा फेला

काठमाडौं, असार  २६ : देशका विभिन्न स्थानमा गरी आइतबार ८ जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा,  झापा,  सर्लाही, धनुषा, कविलवस्तु, खोटाङ,...
८ जना मृत अवस्थामा फेला

काठमाडौं, असार  २६ : देशका विभिन्न स्थानमा गरी आइतबार ८ जना मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा,  झापा,  सर्लाही, धनुषा, कविलवस्तु, खोटाङ, रुपन्देही र कैलालीमा  एक एक जना मृत अवस्थामा फेल परेका हुन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका १ करङ पाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका ४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । झापाको कमल गाउँपालिका ७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका ७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको कबिलासी नगरपालिका ९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको महाराजगंज नगरपालिका १० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी मृत अवस्थामा फेला परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका ३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका ७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित शंखु जंगलमा हाल नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल नाम, थर, नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलाली, महोन्याल गाउँपालिका-७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्