अर्थतन्त्र चुनाैतीपूर्ण अवस्थामा रहेकाे छ : गभर्नर अधिकारी
काठमाडाैं, असार २६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चुनाैतीपूर्ण अवस्थामा रहेकाे बताएका छन। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक...
काठमाडाैं, असार २६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चुनाैतीपूर्ण अवस्थामा रहेकाे बताएका छन। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको बताउँदै अर्थतन्त्र चुनाैतीपूर्ण अवस्थामा रहेकाे बताएका हुन।
‘हामाी चुनौतिपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो। कोरोनापछि रसिया युक्रेन युद्धको प्रभावको मूल्य बढ्यो, इन्धन अभाव देखिएको छ,’ उनले भने, ‘पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यसभित्र अटाउँछौं । अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउँछ सक्छ।’
नीति बनाउँदा अर्थतन्त्रका लागि आवशयक के हो र अर्थतन्त्रलाई कसरी जोगाउने र भोलिको जोखिमबाट कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने उनले बताए।
उनले हाम्रो समस्या उपभोग रहेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउन समान्य उपभोग चाहिने भएपनि त्यसलाई प्रोत्साहन गर्दा चालु खाता र शोधनान्तर घाटा उच्च भएको र जुन सधैं हुन नहुने उनले बताए। यसले यी समस्यालाई व्यवस्थापन गर्दा सबैले आफ्नो ठाउँबाट आउनेसक्ने समस्यालाई सहुनपर्ने उनले बताए ।
उनले भने, ‘समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने हो, गभर्नरको रुपमा महाप्रसादलाई दिमागमा के लाग्छ त्यो पोलिसी आउने अथवा निजी क्षेत्रले मागेको पोलिसी आउँदैन।’









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

