Kathmandu Press

चिनियाँ नेता जियानचाओले भेटे परराष्ट्रमन्त्री खड्का

काठमाडाैं, असार २७ : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्।उहाले आइतबार अपरान्ह सिंहदरबार पुगेर...
चिनियाँ नेता जियानचाओले भेटे परराष्ट्रमन्त्री खड्का

काठमाडाैं, असार २६ : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्।

उहाले आइतबार अपरान्ह सिंहदरबार पुगेर  परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका गरेका थिए।

विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौं आइपुगेका हुन्।

गत जुनमा सिपिसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन्।

नेपाल भ्रमणअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल कुराकानी गरेका थिए।

भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम छ।

उनी बुधबार बिहान चीन फर्किनेछन्।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्