Kathmandu Press

कांग्रेसलाई विधिविधानबाट चलाउन काेइराला पक्षले ध्यानाकर्षण गराउने

काठमाडाैं, असार २६ : सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिविधानबाट चलाउन ध्यानाकर्षण गराउने भएको छ।आइतबार काठमाडौंमा बसेको...
कांग्रेसलाई विधिविधानबाट चलाउन काेइराला पक्षले ध्यानाकर्षण गराउने

काठमाडाैं, असार २६ : सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिविधानबाट चलाउन ध्यानाकर्षण गराउने भएको छ।

आइतबार काठमाडौंमा बसेको कोईराला समूहको भेलाले पार्टी नेतृत्वले विधिविधानलाई पालना नगरेको भन्दै यसबारे बैठकमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसले अरुलाई गाईड गर्ने भएकाले सवैभन्दा पहिले आफ्नो बिधानलाई पालना गर्नुपर्ने बताए। उनले आफुहरुको पार्टीमा कुनै असन्तुष्टि नरहेको र सवैले कांग्रेस भन्ने बितिकै कुनै कांग्रेस भनेर प्रश्न सोध्ने अवस्था आउन दिन नहुने बताए।

त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारको समीक्षा, बजेटले पारेको असर, भ्रष्टाचारबारे पनि छलफल हुने उनले बताए। भण्डारीले स्थानीय तहको समीक्षा गर्दै पार्टीलाई फाइदा हुने गरि मात्रै गठबन्धनभित्र तालमेल हुनुपर्ने धारणा राखे। 

सो समूहले भातृ संगठनका बिषयमा पार्टी सभापतिले सवैसंग छलफल गर्ने भनिए पनि अहिलेसम्म छलफल नै नगरेको उल्लेख गरेको छ।  

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्