Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षासँगै भातृसंगठनबारे छलफल हुनेछ : डा. महत

काठमाडाैं, असार २६ : सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको...
कांग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षासँगै भातृसंगठनबारे छलफल हुनेछ : डा. महत

काठमाडाैं, असार २६ : सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो।

केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशिल बनाउने गरि आवश्यक निर्णय हुने उहाले बताउनुभयो । उहाले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे।

अहिले पार्टी विधि र पद्धतिअनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ।

केन्द्रित समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन्।  

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्