Kathmandu Press

अनटेस्ट बाइक ट्रकसँग ठोक्किँदा दुई युवकको मृत्यु

महेन्द्रनगर, मंसिर १ : तिव्रगतिमा रहेको अनटेस्ट मोटरसाइकल सडक छेउमा रोकिराखेको ट्रकसँग ठोक्किदा दुई युवकको मृत्यु भएको छ।

गएराति कञ्चनपुरको ....

अनटेस्ट बाइक ट्रकसँग ठोक्किँदा दुई युवकको मृत्यु

महेन्द्रनगर, मंसिर १ : तिव्रगतिमा रहेको अनटेस्ट मोटरसाइकल सडक छेउमा रोकिराखेको ट्रकसँग ठोक्किदा दुई युवकको मृत्यु भएको छ।

गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा अनटेस्ट मोटरसाइकल ट्रकसँग ठोक्किएको हो। अनटेस्ट पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना ३ ख १४२४ नम्बरको ट्रकसँग ठोक्किएको झलारी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

उनका अनुसार, तिव्रगतिमा रहेको मोटरसाइकल ठोक्किँदा कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल राना घाइते भएका थिए। उनीहरुलाई तत्कालै धनगढीस्थित सुदूरपश्चिम प्रादेशीक अस्पताल पुर्‍याइएको थियो।

तर, गम्भीर घाइते रहेका दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए। ‘चोट धेरै लागेको रहेछ। उपचार गर्दागर्दै दुवै युवकको मृत्यु भयो,’ उनले भने।

दुवै जनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। आफन्तजलाई खबर गरिएको र शव परीक्षणपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:१४ बजे, आइतबार, मंसिर १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्