Kathmandu Press

योजनाबद्ध ढंगले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न कमल थापाकाे माग

काठमाडाैं, असार २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग...
योजनाबद्ध ढंगले भइरहेको धर्म परिवर्तन नियन्त्रण गर्न कमल थापाकाे माग

काठमाडाैं, असार २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म सस्कृतिको रक्षा गर्ने भनि संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन्।

उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखे। नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिर्वतनमा राप्रपाको कुनै आपत्ती नरहको उनले बताए।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहेको धारणा राखे।

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्