कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी
काठमाडौं, असार २६ : नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ।नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा...
काठमाडौं, असार २६ : नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक बसिरहेको हो।
बैठकले सोमबार बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्ने बताइएको छ। साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पनि बैठकमा छलफल हुने जनाइएको छ। स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि छलफल हुनेछ।
कार्यव्यस्तताका कारण सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नभएको सचिव पौडेलले जानकारी दिए।
त्यसैगरी बैठकमा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे पनि बैठकमा सहभागी नरहेको कांगे्रस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।
प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

