Kathmandu Press

आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : देव गुरूङ

काठमाडाैं, असार २६ : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्।संवाद डबलीले आइतबार काठमाडौंमा गरेको...
आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : देव गुरूङ

काठमाडाैं, असार २६ : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्।

संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका बिषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन्।

उहाले गठबन्धनबीचको चूनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे।

गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमिक्षा नगरेकाले एमालेसंग सहकार्य हुन नसक्ने तर्क गरे।

फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टीकाटिप्पणी गर्न उचित नहुने धारणा राखे।

नेता गुरुङले सवैका सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए। 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्