Kathmandu Press

देशभर थपिए १२१ जना कोरोना संक्रमित

काठमाडाैं, असार २६ : नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा...
देशभर थपिए १२१ जना कोरोना संक्रमित

काठमाडाैं, असार २६ : नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाई छ।

त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन्।

हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्