प्रधानमन्त्री ओलीले तेस्रो पटक गराए डायलासिस
काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि डायलासिस गरिएको छ।
शनिबार बिहान ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ....
काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि डायलासिस गरिएको छ।
शनिबार बिहान ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस गरिएको हो। डायलासिस पछि प्रधानमन्त्री ओली अपरान्ह बालुवाटार फर्किएका छन्।
हेमोडायलासिसपछि अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो रहेको बताएका छन्।
केही समयअघि मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमै यसअघि दुई पटक डायलासिस गराएका थिए। १२ वर्षअघि प्रत्यारोपन गरेको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा डायलासिस गराउँदै आएका छन्।
त्यसपछि कात्तिक १६ मा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलामा समस्या देखिएकाले अब नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको बताएका थिए। त्यो बैठकमा उनले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताएका थिए।
मिर्गौला प्रत्यारोपणपछि १२ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्ला केही वर्षदेखि समस्या देखिँदै आएको छ। प्रधानमन्त्री ओलीले यसअघि गत भदौंमा सिंगापुर पुगेर उपचार गराएका थिए।
हेर्नुस् विज्ञप्ति :







