हर्षाेल्लासपूर्वक मनाइँदै बकर इद (तस्बिरहरू)
काठमाडाैं, असार २६ : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आइतबार देशभर मनाइएको छ।इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद...
काठमाडाैं, असार २६ : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आइतबार देशभर मनाइएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।
नमाज पढिसकेपछि यसरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ। यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लागेको थियो।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ।
मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन्।
















प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)
