एनएफपिजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडाैं, असार २६ : काठमाडौं एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो।
स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्पर्धा भएको थियो। प्रतियाेगितामा वरिष्ठ पत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ, हाम्रो फूटसल टिम , गुरुङ पत्रकार संघ लगायतका टिमहरु सहाभागी थिए।
त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो।
सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो । १५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए।

उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी ले पाउन सफल भए । साथै विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गरेका थिए । उत्त कार्यक्रममा वोल्दै सास्थाका अध्यक्ष प्रदिपराज वन्तले राष्टिय फोटोत्रपकार समूहको सस्थाको २५र्औ स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरु विच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको बताए।
उक्त कार्यक्रममा विजवजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।











