बुढीगंगाको प्रमुख र उपप्रमुख एमालेले जित्यो, वडामा पनि एमालेकै वर्चश्व
प्रमुखमा विजयी भएका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाए।
काठमाडौं, असार २६ : बाजुराको बुढीगंगा नगरपालिको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका रामबहादुर बानियाँ प्रमुख र मायाकुमारी खड्का उपप्रमुखमा विजयी भएका हुन्।
प्रमुखमा विजयी भएका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाए।
उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाएकी छन्।
दशमध्य ८ वडामा एमालेको वर्चश्व
नगरपालिकाका वडामा पनि एमालेले वर्चश्व कायम गरेको छ। १० मध्य १, २, ३, ४, ५, ६, ९ र १० मा एमालेको प्यानलै निर्वाचित भएका छन्। वडा नम्बर ७ र ८ मा वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित सदस्य सबै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।










![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)
