Kathmandu Press

वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ : प्रचण्ड

काठमाडाैं, असार २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्।मुलुकको राष्ट्रिय स्वाधीनताका...
वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ : प्रचण्ड

काठमाडाैं, असार २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्।

मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन आजको आवश्यकता भएको उनको भनाइ छ। 

मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका  नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन्।

भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीको यस पर्वले नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गर्ने पनि उनले बताए। 

समाजमा रहेका  परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ भन्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वको संवर्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको सन्देशमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १२:०७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्