Kathmandu Press

साईक्लिङसँगै वृक्षारोपण (तस्बिरहरु) 

काठमाडौं, असार २६ : राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा बिरुवा रोपण सम्पन्न भएको छ।राजानन्द माण्डव्यको सभापतित्वमा...
साईक्लिङसँगै वृक्षारोपण (तस्बिरहरु) 

काठमाडौं, असार २६ : राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा ३ स्थित काशिभन्ज्याङ क्षेत्रमा बिरुवा रोपण सम्पन्न भएको छ।

राजानन्द माण्डव्यको सभापतित्वमा तथा संयोजनमा देशभरका ६२ जना साइकल यात्री तथा प्रकृतीप्रेमी नागरिकको उपस्थितिमा ‘जय संस्कृती, जय प्रकृति’ भन्ने मुल नारा लिएर साइकल र्‍याली संगै बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वयन समिती काभ्रेपलाञ्चोकका सभापती दिपक गौतम तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको विशिस्ट आतिथ्यतामा बनेपा नगर पालिका कार्यालय बाट साइकल यात्रा सुरु गरिएको थियो।

काठमाडौ, भक्तपुर र ललितपुर देखि उपस्थित साइक्लिस्ट हरुको बिच काशीभन्ज्याङ क्षेत्रमा वृक्षारोपण जिसस प्रमुखको उपस्थिति बनेपा वडा ३ अध्यक्ष रमेश दाहाल, राजनीतिक नेता भेषराज शाह, विश्व साइकल यात्री पुष्कर शाह, साइकल यात्री अजित बराल सहित काशिभन्ज्याङ युथ क्लबका अध्यक्ष उद्धब बजगाई लगायत बनेपा नगर क्षेत्रका सामाजिक अभियान्ताको उपस्थिति थियो।

साइकल यात्रीहरुलाई नगर प्रमुखले स्वागत गरेका थिए। उनले साइकल यात्रा सहित बिरुवा रोप्ने कार्यक्रममा आएका साइकल यात्रीलाई धन्यवाद दिदै बनेपाको पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न अनुरोध समेत गरे। 

प्रमुख अतिथी गौतमले यस्ता सामाजिक तथा बाताबरण संरक्षण अभियानहरुले हाम्रा आउने पुस्तालाई राम्रो संदेश जाने गर्दछ।

हामी जनप्रतिनिधि भएर आएपछी आगामी ५ वर्ष के कसरी जिल्लालाई उत्कृष्ट बनाउने भन्नेमा सोच्न आवश्यक छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा आएर बिरुवा रोप्न पाउनु, साइकल र बाताबरण बिच मानव जिबनको महत्वपुर्ण कडि रहेको उनको भनाई थियो।

सभापती राजानन्द माण्डव्यले २०६४ सालवाट बन्द भएको टान संस्थाको साइकल यात्रा संगैको बृक्षारोपण कार्यक्रम १५ वर्षपछी पुन आफुले निरन्तरता दिन पाएकोमा र आफ्नै गाउँमा पर्यटक ल्याउन पाएकोमा खुसी ब्यक्त गरे।

कार्यक्रमलाई बनेपा नगरपालिका ३ वडा कार्यालयले सहयोगी संस्थाको रुपमा उभिएको थियो भने एन आई इ सि बनेपा, काशिभन्ज्याङ युथ क्लब, जिल्ला बन कार्यालय, क्यास्ट्लो, माण्डव्य ग्रुप अफ कम्पनीको सहकार्य थियो।

प्रकाशित मिति: १२:०० बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्