चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै
काठमाडौं, असार २६ : चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउन लागेका छन्।उनी नेपालको चार दिने भ्रमणमा...
काठमाडौं, असार २६ : चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउन लागेका छन्।
उनी नेपालको चार दिने भ्रमणमा आज काठमाडौं पुग्ने भएका छन्। आठ सदस्यीय चिनियाँ टोलीको नेतृत्व गर्दै आउन लागेका जियानचाओ भरखरै सीसीपीको विदेश विभाग प्रमुख नियुक्त भएका हुन्।
तीन महिनामै चीनबाट हुन लागेको यो उच्चस्तरीय दोस्रो भ्रमण हो। यअसघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका थिए।
सीसीपीका विदेश विभाग प्रमुख जियानचाओले भ्रमणका क्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई भेट्ने कार्यक्रम छ। यस्तै। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने तय भएको छ।
उनले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए।
प्रकाशित मिति: ०८:२७ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











