Kathmandu Press

वाम-लोकतान्त्रिक शक्तिको एकीकृत हुन जरुरी छ: प्रचण्ड

काठमाडौं, असार २६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी रहेको बताएका छन्।आइतबार बकर ईदको...
वाम-लोकतान्त्रिक शक्तिको एकीकृत हुन जरुरी छ: प्रचण्ड

काठमाडौं, असार २६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी रहेको बताएका छन्।

आइतबार बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिंदै अध्यक्ष प्रचण्डले वाम र लोकतान्त्रिक शक्तिबीचको एकतामा जोड दिएका हुन्। उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम-लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका छन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ।’

प्रचण्डले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएका छन्।

समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनको भनाइ छ। यस प्रकारका चाडपर्वहरूको सम्वर्द्धन र प्रवर्धन गर्नु सबैको साझा दायित्व रहेको उनले बताएका छन्।

प्रकाशित मिति: ०७:३७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्