Kathmandu Press

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

काठमाडौं, असार २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली...
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

काठमाडौं, असार २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुशी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन्।

'नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ। यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो,' राष्ट्रपतिको सन्देशमा भनिएको छ।

यस्ता चाडपर्वले नै राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास छ। सन्देशमा भनिएको छ, 'यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।'

प्रकाशित मिति: ०६:३१ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्