Kathmandu Press

वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

काठमाडाैं, असार २५ : गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक...
वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

काठमाडाैं, असार २५ : गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ। कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ। प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो।

ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् भने रु ६६ करोड ५९ लाख बढीको क्षति भएको छ।

प्रकाशित मिति: २०:१२ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्