बुढीगंगा निर्वाचन : प्रमुखमा एमालेका रामबहादुर बानियाँ अगाडि
काठमाडौं, असार २५ : बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ६९९ मत गन्न बाँकी रहँदा एमालेले अग्रता कायमै छ। पछिल्लो विवरणअनुसार ५ हजार ४२९ मत गणना...
काठमाडौं, असार २५ : बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ६९९ मत गन्न बाँकी रहँदा एमालेले अग्रता कायमै छ।
पछिल्लो विवरणअनुसार ५ हजार ४२९ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले फराकिलाे मतान्तरले अगाडि छन्।
उनले ३ हजार ३५१ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन्।
उनीहरूबीच १ हजार ५ सय ६२ मतकाे अन्तर रहेकाे छ।
उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का ३ हजार २ सय ७९ मत ल्याएर अगाडि छिन्। कांग्रेसकी रिता शाहले १ हजार ८ सय ५८ मत ल्याएकी छन्। उनीहरूबीच १ हजार ४२१ मत फरक रहेकाे छ।
एमालेले १० वडामध्ये १, २, ३, ९ र १० मा जित हासिल गरेको छ। कांग्रेसले वडा नम्बर ८ मा जितेकाे छ।
गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।
प्रकाशित मिति: १८:२३ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











