Kathmandu Press

विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य : उपराष्ट्रपति पुन

काठमाडाैं, असार २५ : उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा...
विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य : उपराष्ट्रपति पुन

काठमाडाैं, असार २५ : उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वमा नेपालको मौलिक पहिचान गराउने माध्यम नृत्य भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नृत्य प्रतियोगिता कार्यक्रममा उपराष्ट्रपति पुनले नृत्यका धेरै बिधा रहेको भन्दै यसले विश्वमा नेपालको मौलिक पहिचान गराउने बताएका हुन्।

उनले समाजको रुपान्तरणसंगै नेतृत्वमा मौलिकता कायम राख्नुपर्ने धारणा राखे। नृत्यका सन्दर्भमा औपचारिक शिक्षा सुरु हुनु सकारात्मक भएको भन्दै नृत्यको माध्यमबाट रोजगारीको सिर्जना समेत भइरहेको उनले बताए।

कार्यक्रममा उपराष्ट्रपति पुनले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए। 

प्रकाशित मिति: १८:११ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्