Kathmandu Press

एमालेसँग एकीकृत समाजवादीकाे सहकार्य सम्भव छैन : नेपाल

बुटवल, असार २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्।समाजवादी प्रेस संगठन रुपन्देहीले...
एमालेसँग एकीकृत समाजवादीकाे सहकार्य सम्भव छैन : नेपाल

बुटवल, असार २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्न ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको स्पष्ट पारे।

आफुहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिरिक गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानिनोक्सानीको सबैले समिक्षा गर्नुपर्ने बताए।

उनले अहिलेको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने धारणा राखे।

निर्वाचनको मिति घोषणा भएलगत्तै सहि नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए।

उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रबिन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्नुपर्ने समेत बताए। 

प्रकाशित मिति: १७:४० बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्