Kathmandu Press

एमाले बझाङ अध्यक्षमा दमन भण्डारी

बझाङ, असार २५ : नेकपा एमाले बझाङ अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन्।आज (शनिबार) सम्पन्न आठौं जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष चयन गरेको...
एमाले बझाङ अध्यक्षमा दमन भण्डारी

बझाङ, असार २५ : नेकपा एमाले बझाङ अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन्।

आज (शनिबार) सम्पन्न आठौं जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष चयन गरेको हो। अध्यक्ष्नमा उम्मेदवारी दिने अरू नभएपछि उनी निर्विरोध रूपमा अध्यक्ष बनेका हुन्। उनी यसअघि पनि अध्यक्ष थिए।

उपाध्यक्ष, सचिव, सहसचिवलगायत पदका लागि भने निर्वाचन हुने भएको छ। उपाध्यक्षका लागि मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुईजनाको उम्मेदवारी परेको छ।

सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्रबहादुर सिंह र आनन्दलाल विक चुनावी मैदानमा उत्रिएका छन्। उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँचजनाले उम्मेदवारी दिएका छन्।

खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ। आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्