थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार २५ : नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ३९ पिसिआर परिक्षणका...
काठमाडाैं, असार २५ : नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ७२ जना र १ हजार ७६ एन्टिजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ५६ जना निको भएका छन्।
हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। शुक्रबार ९८ जनामा काेराेना संक्रमण भएकाे थियाे।
प्रकाशित मिति: १६:५७ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











