मकवानपुरमा पर्खाल भत्किँदा च्यापिएर एक जनाको मृत्यु
हेटाैँडा, कात्तिक ३० : मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ।
स्था....

हेटाैँडा, कात्तिक ३० : मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ।
स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए। घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४४ बजे, शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार