बालेनले भने- म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु
काठमाडौं, असार २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै तलबबाट यम बुद्ध (दिवंगत र्यापर अनिल अधिकारी) को सालिक बनाउने घोषणा गरेका...
काठमाडौं, असार २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै तलबबाट यम बुद्ध (दिवंगत र्यापर अनिल अधिकारी) को सालिक बनाउने घोषणा गरेका छन्।
उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरूको दिन शुभ रहोस्।’
महानगरपालिकाले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएको खबर शुक्रबार आएपछि सो विषयलाई लिएर विवाद सिर्जना भएका छ।
त्यसको पक्ष र विपक्षमा विभिन्न तर्क आइरहेका बेला बालेनले आफ्नै तलबको रकमले सालिक बनाउने घोषणा गरेका हुन्।
यम बुद्धले नेपालको संगीत क्षेत्रमा ठुलो योगदान पुर्याएको भए पनि उनको सालिक नै बनाउने निर्णय भने गलत भएको बताएका थिए। कतिपयले भने साे निर्णायकाे स्वागत पनि गरेका थिए।
प्रकाशित मिति: १५:२३ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











