प्रश्नपत्र अर्कै परेपछि त्रिवि बिबिए छैटौंं सेमेस्टरअन्तर्गत आजको परीक्षा रद्द
काठमाडौं, असार २५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ल बिबिए छैटौंं सेमेस्टरको नेपाली राजनीति र समाज विषयको परीक्षा अर्को सूचना नआएसम्मका लागि रद्द गरेको...
काठमाडौं, असार २५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ल बिबिए छैटौंं सेमेस्टरको नेपाली राजनीति र समाज विषयको परीक्षा अर्को सूचना नआएसम्मका लागि रद्द गरेको छ।
आज (शनिबार) भएको परीक्षामा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरूआएपछि बागबजारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि त्रिविले परीक्षा रद्द गरेका हो।
त्रिविको लापरबाहीविरुद्ध विद्यार्थीहरूले नाराबाजी पनि गरेका थिए। यसै चरणको बुधबार भएको संस्थागत व्यवहार विषयको प्रश्नपत्रमा कमजोरी भेटिएको विद्यार्थीहरूले जानकारी दिएका छन्। त्यतिबेलाको परीक्षामा एउटा कलेजको प्रि–बोर्डको प्रश्न परेको थियो।
सम्पन्न भइसकेको सो परीक्षा स्थगित गरेर साउन १ गते फेरि लिने भनेर त्रिविले सूचना निकालेको छ।
प्रकाशित मिति: १५:०७ बजे, शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











