Kathmandu Press

चितवनमा हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

चितवन, कात्तिक ३० :  चितवनको माडी ठोरी हुलाकी सडकमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। 

हात्तीको आक्रमणबाट शनिबार बिहा....

चितवनमा हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु
सांकेतिक

चितवन, कात्तिक ३० :  चितवनको माडी ठोरी हुलाकी सडकमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। 

हात्तीको आक्रमणबाट शनिबार बिहान माडी नगरपालिका वडा नम्बर १,  बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माले जानकारी दिए। 

उनका अनुसार माडी नगरपालिका वडा नम्बर ९, पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको थियो। दुवै जना लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ। 

हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए। 

प्रकाशित मिति: १२:०२ बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्