Kathmandu Press

चुनावमा पैसाको खोलो बग्ने हुँदा इमानदार कार्यकर्तालाई लड्न गाह्रो : सभामुख

काठमाडौं, असार २५ : सभामुख अग्निप्रसाद सापकोटाले चुनावमा पैसाको खोलो बग्ने हुँदा असल, इमानदार कार्यकर्तालाई लड्न गाह्रो हुने बताएका छन्।आज (शनिबार) भक्तपुरको सानोठिमीमा...
चुनावमा पैसाको खोलो बग्ने हुँदा इमानदार कार्यकर्तालाई लड्न गाह्रो : सभामुख

काठमाडौं, असार २५ : सभामुख अग्निप्रसाद सापकोटाले चुनावमा पैसाको खोलो बग्ने हुँदा असल, इमानदार कार्यकर्तालाई लड्न गाह्रो हुने बताएका छन्।

आज (शनिबार) भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले भने, ‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनिसाध्य छैन । असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाहिँ यी विकृति र विसंगतिका विरुद्धमा चाहिँ अभियान चलाउन सक्यौं भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरीकन जित्ने पनि छन्।’

उनले निर्वाचनमा हुने सबैखाले विकृति र विसंगतिको अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। हालै सम्पन्न स्थानीय निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले आगामी दिनमा  त्यस्ता विकृति–विसंगति अन्त्यका लागि युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका हुन्।

आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औंल्याउँदै उनले चुनावमा पैसाको खोलो बगाउने अवस्था अन्त्य गर्न सबै आआफ्नो तहबाट लाग्नुपर्ने उनको भनाइ थियो।

धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय निर्वाचनमा देखिएको सभामुख सापकोटाले बताए।

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्