Kathmandu Press

एमसिसीको व्याख्यात्मक घोषणा कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्छ : नेपाल

बुटवल, असार २५ : नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्लालेन्ज (एमसिसी) को व्याख्यात्मक घोषणाको कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका...
एमसिसीको व्याख्यात्मक घोषणा कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्छ : नेपाल

बुटवल, असार २५ : नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्लालेन्ज (एमसिसी) को व्याख्यात्मक घोषणाको कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्। 

समाजवादी प्रेस संगठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विश्वमा युद्धको कालो बादल मडारिएको र त्यसको बाछिटा एसियातिर पनि आउने चिन्ता बढेकाले नेपाल त्यसप्रति सजग हुँदै असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

शक्ति राष्ट्रसँगको सैन्य गठबन्धनमा नेपाल सामेल हुन नहुने बताउँदै अध्यक्ष नेपालले त्यस्ता सम्झौतामा सहमति जनाउनुअघि सरकार र दलहरुबीच गहिरो छलफल र अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्ने धारणा राखे।

उनले एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बन्द भन्ने कुरै नउठ्
ने बताए। एकीकृत समाजवादी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको उनको भनाइ थियो।उनले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि भएको र पार्टीले उठाएका मुद्दाहरू ज्युँदै रहेको स्पष्ट पारे।

अध्यक्ष नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन कायमै रहने तर पार्टी गठबन्धनसँग मात्रै निर्भर नहुने बताए। तत्कालीन नेकपा ब्युँझाउन सकिन्छ कि भनेर छलफल पनि अघि बढेको उनले बताए।

प्रकाशित मिति: १३:३५ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्