Kathmandu Press

‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गर्दैन’

काठमाडौं, असार २५ : ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चार माध्यामहरुमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहिन, भ्रामक र गलत भएको स्पष्ट...
‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गर्दैन’

काठमाडौं, असार २५ : ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चार माध्यामहरुमा सेनेटरी प्याड आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ।

केही सञ्चार माध्यमहरुले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफुहरुले बच्चाहरुका लागि डाइपर मात्रै आयत गर्ने गरेको स्पष्ट पारेको हो।

‘विभिन्न संचार माध्यामहरुमा ब्लुप्रिन्ट ट्रेडिङ प्रा.लि.का विषयमा बिना आधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरुका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो’, कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बजगाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न संचार माध्यामहरुमा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहिन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ती छ। ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन।’

केही सञ्चार माध्यामहरुले बिनाआधार सेनटरी प्याड आयत गर्ने गरेको भन्दै समाचार प्रकाशन गरेका थिए। कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म सेनेटरी प्याड आयतनै नगरेको स्पष्ट पारेको छ।

‘बिना आधार हाम्रो कम्पनीको मानहानी हुनेगरी प्रकाशित/प्रशारित समाचार गलत भएको यसै विज्ञप्ति मार्फत आम नागरिकलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘संचार माध्यामहरुलाई बिना आधार र प्रमाण यस्ता समाचार प्रकाशन गर्दा हाम्रो संविधानले दिएको प्रेस तथा वाक स्वतन्त्रताको दुरुपयोग हुनुका साथै संचार माध्यामहरुकै विश्वसनीयतामा प्रश्न उठ्ने हुदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरु प्रकाशन गर्न पनि हामी अनुरोध गर्दछौं।’

 

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, असार २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्